नियम ७८क
कार्य कुशलताको मूल्याङ्कन
ऐनको दफा १९ को उपदफा (२) को खण्ड (क) र (ख) को प्रयोजनको निमित्त कार्य कुशलताको मूल्याङ्कन
देहायका आधारमा गरिनेछ ः-
(क) बढुवा हुने पदाधिकारीले अघिल्लो पदमा रही कार्य सम्पादन गर्दा वा नेतृत्व दिंदाको अवस्थामा कार्यरत निकायको कार्य
परिणाम र गुणस्तर ।
(ख) बढुवा हुने पदाधिकारीले कार्य सम्पादन गर्दा त्यस्ता पदाधिकारीले देखाएको सिर्जनशीलता र अग्रसरता ।
(ग) बढुवा हुने पदाधिकारीको कामप्रतिको प्रतिवद्धता र अनुशासन ।